हेटौंडा । प्रहरीले पर्साबाट १० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।

मकवानपुरबाट वीरगञ्ज गइरहेका तीन जनालाई प्रहरीले आइतबार अपराह्न गाँजासहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउँपालिका-७ का जयबहादुर गोले, सोही ठाउँकी विष्णुमाया तामाङ र मनहरि गाउँपालिका मुइया परियार छन्।

वीरगञ्ज-२१ परवानीपुरबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। पक्राउ परेकालाई लागुऔषध मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।