सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नंबर १० भुटनदेवी मोडमा गएराति दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको छ ।

गएाति हेटौंडाको बुद्धचोकबाट कर्रा तर्फ जाँदै गरेको ना ४९ प ६२२३ नंबरको मोटरसाईकल र विपरित दिसाबाट आउदै गरेको ना ४१ प ६४३६ नंबरको मोटरसाईकल भुटनदेवी मोडमा एक आपसमा ठोक्किदा एक जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

प्रवक्ता रिमालका अनुसार ज्यान जानेमा ना ४९ प ६२२३ नंबरको मोटरसाईकलको पछाडी सवार हेटौंडा-१० बस्ने १७ वर्षीय सगुन जिम्बा रहेका छन् ।

गएराति भएको दुर्घटनामा गम्भीर घाइते भएका जिम्बाको उपचारको क्रममा चितवनमा आज बिहान मृत्यु भएको प्रवक्ता रिमालले बताए ।

प्रवक्ता रिमालका अनुसार दुर्घटनामा दुई मोटरसाईकलमा सवार ३ जना घाइते भएकामा एक जना उपचार पछि नियन्त्रणमा लिएको छ भने एक जनाको उपचार हेटौंडा अस्पताल र अर्का एक जनाको उपचार चुरेहील अस्पतालमा भईरहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।