सांकेतिक तस्विर

हेटौंडा । मकवानपुरको हेटौंडामा पछिल्लो ४ दिनदेखि हराएका हेटौंडा-४ कमलडाँडाका विनोद ढकाल शनिबार मृत भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यलय मकवानपुरको अनुसार ४९ वर्षीय ढकाल हेटौंडा-१ को भैरबडाँडाको सामुदायीक वनमा मृत भेटिएका हुन् ।

परिवारले मानसकि समस्या भएका ढकाल चैत १८ गते देखि हराएको भनि निवेदन दिएको र आफुहरुले खोजि कार्य समेत गरेको तर नभेटिएको शनिबार स्थानीयले शव सडेको अवस्थामा देखेपछि अनुसन्धानको क्रममा शव ढकालको भएको परिवारले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अभिनाश अधिकारीले बताए । शव नजिकै विषाधीको बट्टा समेत फेला परेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

मृत अवस्था फेला परेको ढकालको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पताल ल्याएको र घटनाको आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।