file photo

हेटौंडा । भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण तिव्र गतिमा फैलिरहेको छ । कोरोनाको दोस्रो लहर चलिरहेको भारतमा बलिउडका कलाकारमा पनि संक्रमण देखिएको छ ।

एकपछि अर्को कलाकारलाई कोरोना संक्रमण भएको सामाचारहरु आइरहेका छन् । यसैबीच बलिउडका चर्चित अभिनेता अक्षयकुमारलाई पनि संक्रमण देखिएको छ ।

आफुलाई कोरोना संक्रमण भएको बारे अक्षयले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले आइतबार आफुले सबै प्रोटोकलहरु पालना गर्दैगर्दा संक्रमण भएको र होम क्वारेन्टाइनमा बसेको बताएका छन् ।

उनले भनेका छन् बिहानै म सबैलाई यो जानकारी दिन चहान्छु, सबै सबै प्रोटोकलहरु पालना गर्दैगर्दा पनि मलाई कोरोना पोजेटिभ देखिएको छ।’ उनले सामाजिक सञ्जालमा सबैलाई सचेत रहन पनि भनेका छन् ।

भारतमा कोरोना महामारी तिब्र गतिमा बढीरहेका बेला आमिर खान, आलिया भट्ट, फातिमा, आर धाधवन, परेश रावल, मिलिंद सोमन, रेश ३ का डाइरेक्टर रमेश तेरानी लगायतका कलाकारमा पनि संक्रमण देखिएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।