साताको कारोबारको दिन शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा ९ सय रुपैंयाले बढेको छ।

आज सुन तोलामा ९ सय रुपैंयाले बढेर प्रतितोला ८७ हजार ४ सय रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ।

यसअघि हिजो सुन तोलामा ८६ हजार ५ सय रुपैंयामा कारोबार भएको थियो।

यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ९ सय ५० रुपैंयामा कारोबार भइरहेको छ।

आज चाँदीको मुल्य पनि तोलामा ३० रुपैंयाले बढेको छ। चाँदी प्रतितोला १२ सय ४० रुपैंयामा कारोबार भइरहेको महासंघले जनाएको छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।