निर्मल धिताल , चितवन । चितवनको कालिका नगरपालिकामा ‘प्रथम कालिका गोल्डकप’ खुला फुटबल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगरकमिटिको आयोजनामा नयाँ वर्ष बैशाख १ गते देखि उक्त खुला फुटबल प्रतियोगिता हुन लागेको हो ।

युवाहरुलाई खेलकुदमा अभिप्रेरीत गर्न र नयाँ खेलाडी उत्पादन गर्ने सोचले उक्त प्रतियोगिता गर्न लागिएको मदन भण्डारी स्पोर्ट्स एमेडेमी कालिकाका अध्यक्ष पुर्ण चौधरी (निशान) ले जनाकारी दिए ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै अध्यक्ष चौधरीले खेलले मनोरञ्जन दिनुको साथै स्वास्थ्य पनि तन्दुरुस्त हुने उल्लेख गर्दै नयाँ पुस्तामा भएको खेल प्रेमलाई जागरुक गर्न प्रतियोगिताको आयोजना गरिएको बताए ।

प्रतियोगितामा उपाधी विजेताले १ लाख ११ हजार १ सय ११ रुपँया र उपविजेताले ५५ हजार ५ सय ५५ रुपँया सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडीलाई आकर्षक साइकल व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताको फाईनल खेल बैशाख १२ गते हुने आयोजकले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।