


हेटौंडा । तेस्रो बकैया कपको उपाधी वडा नंबर ३,हात्तिसुँडेले हात पारेको छ ।
बिहिबार बकैया गाउँपालिकाको वडा नंबर ४ को जुरेली खेल मैदानमा भएको फाईनल खेलमा वडा नंबर ५ लाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्दै वडा नंबर ३,हात्तिसुँडेले उपाधी हात पारेको हो ।
निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा पुगेको थियो । खेलको म्यान अफ द म्याच वडा ३ का गोलरक्षक विक्रम नेगी घोषित भए । विजेता वडा नंबर ३ ले एक लाख सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता वडा नंबर ५ ले भने ५० हजार सहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी र बढी गोलकर्ता वडा नंबर ५ का नवराज घलान, उत्कृष्ट गोलरक्षक वडा नंबर ३ का विक्रम नेगी, उत्कृष्ट डिफेन्डर वडा नंबर ३ का विकास वाईबा र उत्कृष्ट मिडफिल्डर वडा नंबर ३ का छेवाङ भोम्जन घोषित भएका छन् । विधागत उत्कृष्ट खेलाडीले जनही ५–५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
पहिलो बकैया कप वडा नंबर ४ र दोस्रो बकैया कपको उपाधी वडा नंबर ५ ले हात पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्