अघिल्लो दिन घटेको नेप्सेमा आज मंगलबार भने करेक्सन देखिएको छ । नेप्से आज ३२ दसमलव १५ अंकले बढेर २५ सय ७५ दसमलव ६६ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि छ दसमलव १९ अंकले बढेर चार सय ५६ दसमलव १० बिन्दुमा चढेको छ ।

आज दुई सय नौ वटा कम्पनीहरुको ६८ हजार छ सय ४५ पटकको कारोवारामा एक करोड २२ लाख नौा हजार नौ सय ७६ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब १८ करोड ५६ लाख ७९ हजार चार सय ९८ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा ट्रेडिङ र उत्पादनमुलक समुहरुको सुचक सामान्य अंकले घटेपनि बाँकी समुहको सुचक भने उच्च अंकले बढेकाछन् । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक आठ दसमलव ६८ अंकले बढेर १७ सय ६५ दसमलव २५ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ९५ दसमलव ९८ अंकले बढेर २४ सय १५ दसमलव ४५ बिन्दुमा चढेको छ ।

बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल तथा पर्यटन, फाईनान्स, अन्य, सामुहिक लगानी कोष र लगानी समुहको सुचकहरु पनि उच्च अंकले बढेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको वोमी माईक्रो फाईनान्स लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर ११ सय ३४ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको युनाईटेड इदीमर्दी हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव ३३ प्रतिसतले घटेर तीन सय २० रुपैयाँमा कारोवारा भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ९२ रुपैयाँ अन्तिम मुल्यमा ४८ करोड ९४ हजार दुई सय ७१ रुपैयाँको कारोवार भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।