बिहीबार नेप्से सूचक २१ दशमलव २९ अंकले घटेर २५४८ दशमलव ९६ विन्दुमा आएर अडिएको छ । केही दिन यता नेप्सेले बढ्ने लय समाए अनुसार नै लगानीकर्ताहरुमा समेत उत्साह देखिएको छ ।

समग्रमा बिहीबारको कारोवारमा अल्पकालिन लगानीकर्ताहरुको नाफाबुक गर्ने होडले बजारलाई केही मात्रामा प्रभावित गरेको छ । यसैका कारण नेप्से सूचक बुधबारका तुलनामा केही तल झरे पनि कारोबारको मात्रा भने राम्रै देखिएको छ ।

कारोवार रकमको मात्रामा देखिएको सकारात्मकताले बजारमा क्रेता र बिक्रेताहरुको अभाव नरहेको संकेत गरेको छ । बिहिबार शेयर बजारमा ६ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कारोवारमा २ सय ८ कम्पनीको १ करोड २३ लाख ७६ हजार भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।

विभिन्न ३ समूहको सूचकमा हरियाली देखिएको छ ।नेप्सेका अनुसार, आज सबैभन्दा बढी चन्द्रागिरि हिल्सका लगानीकर्ताले कमाए । सो कम्पनीको शेयरमा आज पनि १० प्रतिशतले वृद्धि हुँदा सकारात्मक सर्किट लाग्यो । ३ कम्पनीकै भाउ सर्किट लाग्ने गरी वृद्धि भएको छ । ८९ करोड रुपैयाँभन्दा बढीसहित खरिदबिक्रीमा निफ्राको अग्रगामी यात्रा कायमै रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।