हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा आयोजित मेयर कप फुटबल प्रतियोगिता–२०७७ को उपाधि साविक विजेता हेटौंडा वडा नं १ं० ले हात पारेको छ।

हेटौंडा–४ को हुप्राचौरमा सोमबार भएको फाइनल खेलमा वडा नं १० ले वडा नं १८ लाई ५–० गोलको फराकिलो अन्तरले पराजित गर्दै उपाधि चुमेको हो।

वडा नं १० लाई उपाधि दिलाउँनका लागि बिके लामाले ९ह्याट्रिक० तीन गोल गरे । उनले खेलको १४ औँ, ३६ औँ र ८२ औँ मिनेटमा गोल गरे । त्यस्तै प्रितम स्याङ्बोले खेलको ८४ औँ मिनेटमा गोल गर्दा एक गोल भने आत्मघाती भएको थियो ।

प्रतियोगिताको विजेताले वडा नं १० ले ट्रफिसहित नगद दुई लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणापत्र प्राप्त गरेको छ । उपविजेता वडा नं १८ ले ट्रफिसहित नगद एक लाख रुपैयाँ, शिल्ड, मेडल र प्रमाणापत्रमा चित्त बझाएको छ । फाइनल खेलका म्यानअफ द म्याच वडा नं १८ का सुनिल घलान घोषित भए ।

कार्यक्रमका प्रमुख अतिथि हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले प्रतियोगिताको बिजेता उपबिजेतालाई ट्रफि र नगद पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कार बितरणको क्रममा बोल्दै मेयर महतले मेयर कप फुटबल प्रतियोगितालाई निरन्तरता दिने प्रतिबद्धता गरे ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी वडा नं १० सुमन छुम्मी घोषित भए । उनले ट्रफिसहित नगद १० हजार हात पारे ।

बिधागत तर्फ वडा नं १० का दिपेश गोले, बिके लामा र कृष्ण लामा क्रमशः उत्कृष्ट गोलकिपर, उत्कृष्ट फर्वाड र उत्कृष्ट कोच घोषित भए ।

त्यस्तै वडा नं १८ का राजेश पाण्डे उत्कृष्ट डिफेन्डर, बिमल घलान उत्कृष्ट मिडफिल्डर घोषित भए । बिधागत उत्कृष्ट हुने खेलाडीले नगद पाँच–पाँच हजार हात पारे ।

नगर खेलुकद विकास समिति, हेटौंडा उपमहानगरपालिकाको आयोजना भएको प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाको सहभागिता रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।