हेटौंडा । हेटौंडामा हुने स्थानीय तह शहीद स्मृति गोल्डकपको खेल तालिका सार्वजनिक भएको छ । । यही फागुन २७ गते देखि चैत ७ गते सम्म फुटबल प्रतियोगिता गर्न लागिएको हो ।

आज खेल तालिका सार्वजनिक गर्दै मकवानपुर फुटबल संघले गोल्डकपमा १० वटा क्लबले सहभागिता जनाउने बताएको हो ।गोल्डकपमा नेपाल आर्मि क्लब, नेपाल एपिएफ क्बल, नेपाल पुलिस क्लब, मच्छिन्द्र क्लब, संकटा क्लब, जावलाखेल युथ क्लब काठमाडौंसहित मकवानपुर–११, नव जनजार्गती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही सहभागि हुनेछन् ।

गोल्डकपको उद्घाटन खेल फागुन २७ गते मकवानपुर–११ र नवजनजागृती युवा क्लब सिमरा बिच हेटौंडा उपमहानगरपालिका वडा नंम्बर–१० मा रहेको बनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा हुनेछ ।

खेलको लागत करिब १ करोड अनुमान गरिएको प्रतियोगिता मूल आयोजक समितिका संयोजक प्रताप विष्टले जानकारी दिए ।
प्रतियोगिताको बिजेता टोलीले ट्रफिसहित नगद १० लाख प्राप्त गर्नेछ भने उपविजेता हुने टोलीले ट्रफिसहित नगद ५ लाख प्राप्त गर्ने आयोजकले जनाएका छ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोउत्कृष्ट हुने खेलाडी नगद ट्रफिसहित नगद ५० हजार प्राप्त गर्नेछन् ।

प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार पुरस्कृत गरिने भएको छ। नकआउटका आधारमा हुने प्रतियोगिता चैत ७ गते सम्म चल्नेछ। जिल्लाका १० वटै स्थानीय सरकारको आर्थिक सहयोगमा हुने प्रतियोगिताको अनुमानित लागत ९४ लाख ४० हजार ५ सय रहेको प्रतियोगिताका संयोजक बिष्टले जानकारी दिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।