हेटौंडा । नुवाकोटमा भएको प्रथम ऐतिहासिक छहरे महोत्सवमा खुल्ला दोहोरी गित प्रतियोगितामा हेटौंडाका रुएल सुनार र जसु अधिकारी बिजेता भएका छन् ।

फागुन १४ गते देखि २२ गते सम्म भएको महोत्सवमा सुनार र अधिकारीले ३२ प्रतिस्पर्धीलाई पछाडि पार्दै दोहोरी प्रतियोगिता जित्न सफल भएको हो ।

हेटौंडाका विजेता समुहले नगत १ लाख सहित प्रमाण पत्र हासिल गरेका छन् । हेटौंडाका विजेता समुहले खुशी हुदै आयोजक टिम र राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान , मकवानपुर शाखा र राष्ट्रिय संगीतकर्मी संघ , मकवानपुर शाखालाई धन्यवाद ज्ञापन गरेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।