


सर्वोच्च अदालतको आदेशपछि संंकटमा परेका प्रचण्ड–माधव पक्षले अन्ततः एमाले र माओवादी अलग–अलग भएर जाने निर्णय गरेका छन् ।
आज पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्यहरुको बैठकले अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र व्युँतिएकाले सोही बमोजिम छुट्टिने निर्णय गरेको बरिष्ठ नेता झलनाथ खनालले बताए ।
पत्रकारलाई छोटकरीमा जानकारी दिएपछि ‘फेरि भेटौंला’ भन्दै खनाल बाहिरिए । यसअघि सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी नेकपाको आधिकारिता ऋषिराम कट्टेललाई दिएको छ।
आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई मान्यता नदिई एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछिको रणनीति तय गर्न आज प्रचण्ड माधव समूहले स्थायी कमिटी बैठक बोलाएपनि उक्त बैठक बिदाई बैठक बनेको हो ।
प्रतिक्रिया दिनुहोस्