file photo

काठमाडौँ । प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटी बैठकले पूर्व एमाले र पूर्व माओवादी केन्द्र अलग अलग भएर जाने निर्णय गरेको छ ।

सोमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सर्वोच्चको फैसलापछिको परिस्थितिको विश्लेषण गर्दै अलग अलग भएर जाने निर्णय गरेको नेता झलनाथ खनालले जानकारी दिएका हुन् ।

उनले अदालतको फैसला कार्यान्वयन गर्ने बताउदै सँगै यसमा आफुहरुको असहमति रहेको कुरा पनि प्रष्टरुपमा राख्दै जाने बताए ।

यसअघि नेता रघुजी पन्तले पनि सर्वोच्चको फैसलापछि एमाले र मावोवादी केन्द्रको एकताको सम्भावना खोज्नुपर्नेमा जोड दिएको बैठकमा बताएको उल्लेख गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।