


हेटौंडा । नेपालमा पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा संक्रमण पुष्टि हुनेको संख्या २ लाख ७४ हजार ८१० पुगेको स्वास्थ्य मन्त्रालय जनाएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा ४२ जना संक्रमण मुक्त भएका छन् । यो संगै नेपालमा २ लाख ७० हजार ९२७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८७२ रहेको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ११ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्