


हेटौंडा । सरकार र नेत्रविक्रम चन्द विप्लव बिच बिहिबार तीन बुँदे सहमती भएपछि शुक्रबार विप्लव सार्वजनिक भएका छन् ।
सहमतिमा पुगेपछि शुक्रबार बिहान दुई वर्षदेखि भूमिगत विप्लव विप्लवको पहिलो तस्बिर सार्वजनिक भएको छ । विप्लवले नवलपरासीमा सहिद परिवार भेटघाट गरि काठमाडौ प्रस्थान गर्दैछन् ।
सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि अस्विकार गर्दै विप्लव गाडीमा काठमाडौ आउँदै छन् ।
यस्तो छ सरकार र विप्लवको सहमती
बिहिबार सरकार र विप्लवबिच तीन बुँदे सहमति भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान संवादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा संचालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्धा खारेजी लगायतका विषयमा सहमति भएको छ ।
सहमतिको विस्तृत विवरण आज शुक्रबार २ बजे काठमाण्डौमा एक विशेष समारोह गरेर सार्बजनिक गरिने बताईएको । कार्यक्रमलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्नेछन् ।
बिहीबार बिहान भएको तीनबुँदे सहमति भएपछि हिजै साँझ बसेको मन्त्रिपषिद् बैठकले उक्त सहमति अनुमोदन गर्दै विप्लव नेतृत्त्वको नेकपालाई लगाइएको प्रतिबन्ध समेत फुकुवा गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्