


काठमाडौं । स्थानीयको विरोधकाबीच अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको मोतीपुरमा औद्योगिक क्षेत्र शिलान्यास गरेका छन्। शुक्रबार दिउँसो अर्थमन्त्री पौडेलले औद्योगिक क्षेत्र शिलान्यास गरेका हुन् ।
आफूहरुको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले बिहानैदेखि सडक अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए । अर्थमन्त्री पौडेल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट आएपछि प्रहरीले प्रदर्शनकारीलाई लखेटेको थियो ।
मोतीपुरमा औद्योगिक क्षेत्रको विरोधमा स्थानीयले शिलान्यास कार्यक्रमका लागि बनाइदै गरेको मञ्च बिहीबार भत्काएका थिए । पछि सुरक्षाकर्मीसमेतको सहयोगमा मञ्च निर्माण गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्