नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवले आजको दिन ऐतिहासिक भएको बताएकाछन ।

सरकारसँग तीन बुँदे सहमतिमा हस्ताक्षर गर्ने विशेष समारोहलाई सम्बोधन गर्दै देशलाई समृद बनाउन आजको दिन ऐतिहासिक भएको बताए ।

सम्बोधन गर्दै विप्लवले शहिदको सपना अझै पुरा नभएको बताउदै उनीहरुको चाहनालाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुपर्ने बताएका छन् । उनले अब मुक्त आकासमा हाम्रा जेलमा रहेका साथीहरुसँग मिलन हुने वातावारण बनेको बताए । कम्युनिष्टहरुले विद्रोह मात्र गर्दैन भन्दै विप्लवले परिस्थिति बदलिएको बेला शान्तिका दुत पनि बन्ने बताए ।

विप्लवले सरकारसँग भएको तीन बुँदे सहमति पालना गर्ने प्रतिबध्दता व्यक्त गरेका छन् । उनले यस विषयमा कुनै किसिमको कुतर्क नगर्न आग्रह गरे । विप्लवले जुन र घामको भेट हुदैन भन्ने गीत सम्झिदै जुन र घामको भेट हुदैन भन्नेहरुलाई जुन र घामको भेट हुन्छ भन्ने परिस्थिति बनेको बताए ।

विप्लवले देशको राजनीतिक रुपान्तरणमा सहमति नभएर विद्रोह गरेको बताउदै उनले देशमा सुरक्षित अनुभूति गर्ने अवस्था अहिले पनि नभएको बताए ।

बिहीबारको मन्त्रिपरिषद् बैठकले सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमति अनुमोदन गरेको थियो। विप्लव नेकपाले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादका माध्यमबाट गर्ने, राजनीतिक गतिविधि शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिष्ट पार्टीमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजीसहितको सहमति भएको थियो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।