हेटौंडा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी मकवानपुरले हेटौंडामा विजय र्याली तथा कोणसभा गरेको छ ।

शुक्रबार सरकारसँग भएको तीनबुँदे सहमतिको अवसरमा विप्लव मकवानपुरले विजय र्याली गरेको हो ।

हेटौंडाको वन विज्ञान अध्ययन संस्थानबाट सुरु भएको र्‍याली बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई विप्लव मकवानपुर इन्चार्ज रामबहादुर घलान (वाटर) ले सम्बोधन गरेका थिए ।

 


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।