


हेटौंडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिकाको वडा नंबर ३ को वडा कार्यलयले मदन भण्डारी राजमार्गको सडक सिमा भित्र परेको भौतिक संरचना तत्काल भत्काउन आग्रह गरेको छ ।
आज (शुक्रबार) वडा कार्यलय हात्तीसुँडेले मदन भण्डारी राजमार्ग योजना कार्यलय हेटौंडाको च.न १८० को पत्रानुसार योजना कार्यालयबाट निमार्णधिन गरिएको मदन भण्डारी राजमार्गको सडक सिमा भित्र परेका स्थाई र अस्थाई घर , टहराहरुको राहत क्षेतिपूर्तिको प्रथम किस्ता वापत ५० प्रतिसत बुझिलिई हालसम्म पनि संरचना नभत्काएको भन्दै संरचना भत्काउन सूचना जारी गरेको हो ।
वडा अध्यक्ष दिर बहादुर भोम्जनद्वारा जारी गरिएको सूचनामा क्षेतिपूर्ति लिनेहरुले मदन भण्डारी राजमार्गको सडक सिमा भित्र परेको भौतिक संरचना तत्काल भत्काउन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्