साङ्केतिक तस्विर

बकैया । पूर्वी मकवानपुरको बकैया–७ को भीरकोटमा आजबाट वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता सुरु हुने भएको छ ।

बकैया गाउँपालिका वडा नंबर ७ को खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगितामा वडा भित्रको ९ वटा टिमको सहभागिता रहने प्रचार संयोजक राजकुमार तिमल्सिनाले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको उद्घाटन गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेले गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगिताको विजेता र उपविजेताले क्रमश: १५ हजार र १० हजार रुपँया सहित शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा नंबर ७ को खेलकुद विकास समितिले जनाएको छ ।

भीरकोटको जनक माविको खेल मैदानमा हुने प्रतियोगिताकोे फाईनल खेल फागुन २४ गते (सोमबार) हुनेछ । प्रतियोगितामा १ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।