file photo

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्तिपूर्ण युगमा प्रवेश गरेको बताएका छन् ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा हिंसात्मक द्वन्द्व नभएको बताएका हुन् ।

उनले नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यादिशा कसैले पनि अवलम्बन गर्ने बताए । उनले नेपाल पहिले पनि शान्तिपूर्ण देश रहेको र अहिले पनि शान्तिपूर्ण रहेको बताए । उनले आजको ठूलो उपलब्धि पनि नेपालमा द्वन्द्व छैन र शान्ति छ भन्ने नै रहेको बताए ।

‘नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको छ । अब नेपालमा हिंसात्मक द्वन्द्व छैन । अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेका छैनन् अर्थात् नेपाल शान्तिपूर्ण देश हो र यहाँ छ । आजको निष्कर्षको ठूलो उपलब्धि त्यही हो अब नेपालमा द्वन्द्व छैन र शान्ति छ,’ उनले भने ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।