


बकैया । सत्तारुण दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बकैया गाउँपालिकाको अध्यक्षमा गोपाल दाहाल चयन भएका छन् ।
आज भएको विस्तारित गाउँ भेलाले दाहालको नेतृत्वमा १ सय २५ सदस्यीय कमिटि घोषणा गरेको छ । यसैगरि नेकपा बकैयाको सचिवमा फुलमान भोम्जन चयन भएका छन् । उनिहरुलाई नेकपाका केन्द्रीय सदस्य अनन्त पौडेलले शपथ ग्रहण गराएका थिए ।
यसअघिका नेकपा बकैयाका अध्यक्ष नारायण तिमल्सिना र सचिव भक्तबहादुर खत्रीलाई पार्टीको हित विपरीत कार्य गरेको भन्दै अनुशासनको कारवाही गर्दै दुबै जनालाई पद मुक्त गर्दै अध्यक्षमा दाहाल र सचिवमा भोम्जनलाई चयन गरिएको नेकपा मकवानपुरकी जिल्ला सदस्य सरला बोलखेले जानकारी दिईन् ।
नेकपाको केन्द्रीय सदस्य पौडेलको प्रमुख आतिथ्यतामा भएको गाउँ भेलामा नेकपा मकवानपुरका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ,जिल्ला सचिवालय सदस्य पदमा पौडेल,कमल विष्ट र जिल्ला सदस्यहरुको आतिथ्यता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्