काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ राष्ट्रिय सभागृहको एउटै मञ्चमा सहभागी भएका छन् ।

बिहीबार सरकार र नेकपाबीच भएको तीन बुँदे सहमतिमा हस्ताक्षर तथा त्यसपछि आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली र महासचिव विप्लव राष्ट्रिय सभागृह पुगेका हुन् ।

राष्ट्रिय सभागृह जानुअघि प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच बालुवाटारमा छलफल भएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।