नेप्सेमा उछाल देखिएको छ । यसअघि लगातार घट्दै आएको नेप्से आज बिहिबार भने ९० दसमलव ६७ अंकले बढेर २५ सय छ दसमलव ६८ बिन्दुमा चढेको छ भने सेन्सिटिभ पनि १४ दसमलव ६७ अंकले बढेर चार सय ५१ दसमलव ४६ बिन्दुमा चढेको छ ।

दुई सय छ वटा कम्पनीहरुको ६५ हजार एक सय ७४ पटकको कारोवारमा एक करोड ६६ लाख २२ हजार सात सय ६३ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम छ अर्ब पाँच करोड ८१ लाख चार हजार तीन सय १७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक ५२ दसमलव चार अंकले बढेर १८ सय आठ दसमलव १३ बिन्दुमा चढेकोमा जलबिद्युत समुहको सुचक पनि ९१ दसमलव १९ अंकले बढेर दुई हजार दसमलव ५४ बिन्दुमा चढेको छ ।

बिकास बैंक, लघुबित्त, निर्जिवन बीमा, जीवन बीमा, ट्रेडिङ, होटल तथा पर्यटन, फाईनान्स, उत्पादनमुलक, अन्य, सामुहिक लगानी कोष र लगानी समुहका सुचकहरु पनि उच्च अंकले बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको लिर्वर्टी इर्नर्जी कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिसतले बढेर दुई सय ८६ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको एनएमबी ५० को प्रतियुनिट सेयर मुल्य तीन दसमलव ४५ प्रतिसतले घटेर १२ रुपैयाँ ३१ पैसामा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रतिकित्ता पाँच सय ४२ रुपैयाँ अन्तिम मुल्यमा ५२ करोड २० लाख ३६ हजार तीन सय २६ रुपैयाँको कारोवार भएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।