हेटौंडा । पश्चिमी मकवानपुरमा रहेको रिद्धिसिद्धी सिमन्ट उद्योगको खानीमा कच्चा पर्दाथ लिन आवतजावत गर्ने सवारी साधनको धुँवा,धुलोले वायु प्रदुषण गरेको स्थानीयले गुनासो गरेका छन् ।

सिमेन्टको खानी राक्सिराङ गाउँपालिकाको वडा नंबर ४ र कैशाल गाउँपालिकाको लिप्ते स्थित रहको छ । यि दुबै खानीमा पुग्न हेटौंडाबाट मनहरी,सरिखेत,राक्सिराङ हुँदै खैराङ खोलाको सडक रुटमा सवारी आवत जावत गर्छन् ।  खानीको सवारीले धुवाँ धुलोले प्रदुषण बढाएपछि प्रदुषण रोक्न सडकमा नियमित पानी हाल्न माग गर्दै मनहरी–८ र राक्सिराङ–५ का स्थानीयले मंगलबार बिहान ९ बजे देखि १२ बजे सम्म ३ घण्टा सवारी आवतजावत रोकेका थिए ।

मुस्ले र थोप्लासीका स्थानीयले खानीमा आवतजावत गर्ने सवारीले धुँवा,धुलो प्रदुषणले गर्दा खाना खान समेत नसक्ने स्थिति भएपछि समस्या समाधानका लागि सडक अवरुद्ध गर्नु परेको स्थानीयको भनाई छ ।

खानीलाई पटक पटक  समस्या जानकारी गराउँदा समेत समस्या समाधान नभएपछि बाध्य भएर सडक अवरुद्ध गर्नुपरेको स्थानीय दिनेश वाईवाको भनाई छ । उनले भने,‘पहिले पहिले सुरु सुरुमा धुलो हटाउन पानी हाल्ने काम हुन्थो,पछिल्लो समय कहिले हाल्दिने,कहिले नहाल्ने,कहिले हालेको जस्तो मात्र गर्ने काम भयो,धुँवा धुलोले गर्दा खाना खान नसक्ने स्थिति र धोएर सुकाएको लुगा पनि धुलोले फोहोर हुने भईरहेको छ । रिद्धिसिद्धी उद्योग संग अरु हाम्रो माग केहि छैन मात्र खाना खाने बेलामा खाना संगै धुलोमाटो मुखमा नछिरोस्,हामीले धोयर सुकाएको लुगा बेलुकी लुगा उठाउँदा शकुसल उठाउन पाईयोस् । यस्को लागि उद्योगले सडकमा नियमित पानी हालोस् ।’

स्थानीयहरुले सडकमा नियमित पानी हाल्न माग गर्दै करिब ३ घण्टा सडक अवरुद्ध गरेका थिए । सडक अवरुद्ध भएपछि गाउँपालिका अध्यक्ष राजकुमार मल्ल घटनास्थल पुगेका थिए । उनले खानीको मान्छेहरु संग बसेर कुरा गरेर समस्याको समाधान गर्ने बताएका थिए । सडक अवरुद्ध भएपछि खानीका प्रतिनिधीले सम्पर्कमा आएर समस्या समाधानको लागि सडकमा नियमित पानी हाल्ने प्रतिबद्धता गरेपछि सडक सूचारु गरिएको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।