


मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा १७ सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ८७ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य बढेर तोलाको १३ सय ९० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्