हेटौंडा । ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने हेटौंडाका एक पक्राउ परेका छन् ।

सोमबार साँझ ६ बजेको समयमा काठमाण्डौ,बालाजु स्थित सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान विवेक नकालले हेटौडा बस्ने वर्ष २५ को अनोज मोक्तानले चलाएको ना ५ ख ६५१४ नम्बरको ट्रकको कागज पत्र चेक जाँच गर्ने क्रममा मोक्तानले रु २०० सय दिई आर्थिक प्रलोभनमा पार्न खोजेकोले पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गरी कारवाहीको लागि प्रहरी बृत्त बालाजुमा बुझाईएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।