file photo

सभामुख अग्नी सापकोटासँग नेकपाको दाहाल-नेपाल समूहका नेताहरुले छलफल गरेका छन् ।

आज बिहान सभामुख निवासमा भएको भेटमा संसद बैठकलगायतका विषयमा छलफल भएको छ ।

भेटमा नेकपाका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद सचिवालयका दर्ता भएको अविश्वासको प्रस्ताव कसरी अघि बढाउने भन्ने बारेमा पनि छलफल भएको छ ।

भेटमा नेताहरुले निर्वाचन आयोगले नेकपाको आधिकारीकता टुगो नलगाइसकेको अवस्थमा कसरी प्रस्तुत हुनेलगायतका विषयमा पनि परामर्श गरेको बताइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।