सांकेतिक तस्विर

धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका छन् ।

अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियारको टोली खटिएको थियो ।

अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री गाउँपालिकाको गाडीमा भाग्ने क्रममा अख्तियारको टोलीलाई देखेपछि आठ लाख रुपैयाँ भुइँमा फालेर भागेका अख्तियारले जनाएको छ ।

अख्तियारको टोलीले आठ लाख रुपैयाँ र गाउँपालिकाका अध्यक्षका चालक वीरबहादुर मगरलाई पक्राउ गरेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।