सोमबार सेयर बजारको परिसूचक नेप्से ४० अंकले बढेको छ। सो अंकको वृद्धिपछि नेप्से २५१५ अंकमा कायम भएको छ।

यसअघि आइतबार ८० अंकले घटेको बजार सोमबार भने हरियाली भएको छ। सबै समूहहरु यस दिन बढेका छन्।

कुल ५ अर्ब ६९ करोड रुपैयाँको सेयर किनबेच भयो। बैंकिङ २६, ब्यापार ९७, होटल तथा पर्यटन ५५, विकास बैंक ३८, जलविद्युत ३०, फाइनान्स २३, निर्जीवन बीमा १८३, उत्पादन ६८, अन्य २७, माइक्रोफाइनान्स ८१, जीवन बीमा ३५९ र लगानी समूह १ अंकले बढेका छन्।

चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै ९.९ प्रतिशतले बढेको छ। सो वृद्धिपछि कम्पनीको मूल्य ४५५ रुपैयाँ कायम भएको छ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ८ प्रतिशतले बढ्यो। बरुण हाइड्रोपावर, गुहेश्वरी मर्चेन्ट बैंक र आशा लघुवित्तको मूल्य ६ प्रतिशतभन्दा धेरैले बढ्यो।

यस दिन १३ कम्पनीको मूल्य मात्रै घटेको छ। घटेको मूल्य २ प्रतिशतभन्दा कम छ।

कारोबारका आधारमा यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ४४ करोड रुपैयाँको कारोबार भयो।

त्यस्तै मूल्य प्रतिकित्ता २१ रुपैयाँ बढेर ५२९ रुपैयाँ कायम भएको छ। त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीको ३० करोडको कारोबार भयो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।