file poto

हेटौँडा । नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम आशन्न मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष पदका उम्मेद्वार घोषणा गरेका राजकुमार न्यौपानेले प्रधानमन्त्री केपीशर्मा ओली राजनेता रहेको बताएका छन् ।

खबरब्रेकसँगको विशेष कुराकानीमा बोल्दै न्यौपानेले वर्तमान परिवेशमा नेपालमा केपी ओली राजनेता साथै राष्ट्रवादी नेता भएको बताए । फागुन १५ गते नेकपा प्रधानमन्त्री कार्यलय बालुवाटार पुगेर नेकपा प्रवेश गरेका न्यौपानेले आफु ओली नेतृत्वले मात्र समृद्ध नेपालको परिकल्पनालाई साकार पार्ने र ब्यवसायिक हितको विषय उठान गर्नसक्ने ठानेर नेकपामा संगठनिक भएको बताए ।

आफु अहिले र विगतमा पनि ब्यवसायीको पिरमर्का बुझने ब्यवसायीको नेता भएको भन्दै उनले आफ्नो नेतृतव पुनः मकवानपुरमा स्थापित भए ब्यवसायीले ढुक्क भएर ब्यवसाय गर्न सक्ने वातावरण निर्माण हुने समेत उनको भनाई रहेको थियो ।
न्यौपानेले वर्तमान मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वले नैतिकता समेत ध्यान नदिएर आफुलाई केन्द्रमा उम्मेद्वार बन्न समेत सिफारिस नगरेको भन्दै यस्ताखाले शैलिले मकवानपुर उद्योग वाणिज्य संघको गरिमामा समेत असर परेको धारणा ब्यक्त गरे ।
यो पटक पनि आफु भारी मतले विजयी हुने विश्वास आफ्नो रहेको भन्दै न्यौपानेले सबै मतदातालाई फेरिपनि एक पटक आफुलाई विश्वास गरि मतदान गर्न आग्रह गरे ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।