रौतहट । नेकपा प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराई चढेको सवारीले साइकल यात्रीलाई ठक्कर दिँदा एक जना गम्भिर घाईते भएका छन् ।

रौतहटको चन्द्रनिगाहापुरमा भट्टराई सवार सवारीले साइकल यात्रीलाई ठक्कर दिँदा ५५ वर्षीय इन्द्रप्रसाद घिमिरे घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धि विक्रम शाहका अनुसार जनकपुरबाट प्रेस संगठन नेपालको कार्यक्रम सकेर हेटौंडा तर्फ अउँदै गरेका भट्टराई सवार ज १ झ ४२७ नम्बरको सवारीले साइकल यात्री घिमिरेलाई साँझ ठक्कर दिएको थियो ।

ठक्कर पछि घाइते घिमिरेको चन्द्रनिगाहपुर स्थित सिभिल अस्पतालमा उपचार गराएका थिए । हाल अस्पतालले रिफर गरेपछि काठमाडौंको बीएण्डबी अस्पताल पठाउने तयारी भइरहेको रौतहट प्रहरीले जनाएको छ ।


रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
rupendra@khabarbreak.com
रौतहट, खबरब्रेक संवाददाता