हेटौंडा । पूर्वी चितवनको खैरहनी–८ मा फागुन ११ गते (मंगलबार) बाट सुरु भएको सुशासन र समृद्धिको लागि संचार विषयक पाँच दिने तालिम शनिबार सम्पन्न भएको छ ।

मदन भण्डारी फाउन्डेसनको आयेजनामा भएको तालिममा मकवानपुर,चितवन सहित अन्य जिल्लाका गरी ३५ जनाको सहभागिता रहेको थियो । तालिममा २० देखि २५ वर्ष उमेर समूहका युवाहरुको सहभागिता रहेको छ ।

पाँच दिन सैदान्तिक र तीन महिना प्रयोगात्मक रुपमा हुने तालिममा डाक्टर कुन्दन अर्याल,घनश्यम कोईरला,पेम्बा लामा,बिमल पोखरेल,रामशरण प्याकुरेल,मिलन धरेल र अमरध्वज लामा,गोकुल घर्ती,कृष्ण राई,गणेश दुलाल,कल्याण रोका,महेन्द्र श्रेष्ठ र शिवकुमारी गोतामेले प्रशिक्षण दिएका थिए ।

शनिबार सम्पन्न पत्रकारिताको तालिमको पहिलो दिन (मंगलबार) परिचयआत्मक कार्यक्रम सहित ५ दिने कार्यक्रममा सिकाईने विषयहरुको जानकारी सहित नेपालमा योजना तर्जुमा बारेमा, सरकारले स्थानीय तहलाई दिने अनुदानबारे र संचार तथा मिडिया साक्षरताबारे प्रशिक्षण दिईएको थियो ।

यसैगरि तालिमको दोस्रो दिन समचार लेखन,समाचारको पहिचान,विषयवस्तु,स्रोत र तथ्यको बारेमा प्रशिक्षण दिईएको थियो । दोस्रो दिनमै तत्कालिन एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेका जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तसहित कम्युनिस्ट पार्टीको स्थापनादेखि हालसम्मको घटनाबारे र खोजमूलक पत्रकारताबारे प्रशिक्षण दिईएको थियो ।

यसैगरि तेस्रो दिन सूचनाको हक,संचार कानून र आचारसंहितामा पशिक्षण दिईएको थियो । तालिममा समावेशी अभ्यास र मिडिया सम्बन्धी प्रशिक्षण दिईएको थियो ।

यसैगरि चौथो र पाँचौ दिन सघियताको परिचय,अवधारणा,सुशासन र समृद्धिको बारेमा चर्चा,फोटोग्राफी तथा न्यू मिडिया र अनलाईन मिडिया बारे प्रशिक्षण दिईएको थियो ।

समापन कार्यक्रममा बोल्दै फाउन्डेसनकी केन्द्रीय सदस्य दिपक निरौलाले बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा पत्रकारिता तालिमको कार्यक्रम आयोजना गरिएको र फाउन्डेसनले प्रदेशका २ सय ५० जना युवाहरुलाई प्रशिक्षण दिएको जानकारी दिए । यसअघि बागमती प्रदेशको ११ जिल्लामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको बताउँदै उनले तालिमले व्यवसायिक पत्रकारिताको उत्पादनमा सहयोग हुने बताए । यसैगरि कार्यक्रममा बोल्दै फाउन्डन्सकी केन्द्रीय सचिव पेम्बा लामाले फाउन्डेसनको बारेमा जानकारी दिएकी थिईन् । उनले फाउन्डेसनले जनस्तरमा काम गरेको बताउँदै आउँदो दिनमा फाउन्डेसनको स्थानीय स्तरमा कमिटि विस्तार गर्ने योजना रहेको समेत बताईन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।