


हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष राजकुमार न्यौपाने सत्तारुण दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छ ।
शनिबार एक कार्यक्रमकाबीच नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओेलीले उद्योग वाणिज्य संघका पूर्व केन्द्रीय सदस्य समेत रहेका न्यौपानेलाई स्वागत गरेका हुन् ।
यसअघि बिहिबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै न्यौपानेले मकवानपुर उद्योग वाणिज्य संघको आउँदो ५४ औं वार्षिक साधारणसभामा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दिने घोषणा गरेका थिए ।
व्यवसायीलाई अप्ठेरो परेको समयमा नेतृत्वले गुनासो नसुन्ने र समस्या लिएर जाँदा समस्याको समाधान नगर्ने गरेको चौतर्फी कुरा आएपछि पनि आफ्नो उम्मेदवारी अपरिहार्य रहेको उनको भनाई थियो । आगामी चैत्र २१, २२ र २३ गते मकवानपुर उद्योग वाणिज्य संघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचन हुँदै छ ।
प्रतिक्रिया दिनुहोस्