हेटौंडा । बेतखोल्सी सामुदायिक वन उपभोक्ता समुहको २० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई उद्घाट गर्दै खुलालले सामुदायिक वनको महत्व र वन संरक्षणमा सबैको सकारात्मक पहल हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा वडा न—९ का वडा अध्यक्ष लक्षमण भण्डारी, सव डिभिजन वन कार्यालयका वन प्राविधिक सरिश्मा अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रममा समुहका अध्यक्ष वासुदेव प्याकुरेलले प्रगति विवरण र कोषाध्यक्ष अच्युतम पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्तै सचिव लक्ष्मि अधिकारीले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।

कार्यक्रममा जेष्ठ नागरिक वन उपभोक्ता सदस्यहरु दिला कुमारी नेपाल र फटिक बहादुर न्यौपानेलाई एक हजार रकम सहित सम्मान गरिएको थियो । सामुदायिक विद्यालयमा पढ्ने उपभोक्ता सदस्यको छोरी प्रशंसा अधिकारीले विशिष्ट श्रेणी ल्याए वापत सम्मानपत्र र अध्ययन सामाग्री प्रदान गरिएको हो ।

पुर्व कार्यसमितिका सदस्यहरु रामकृष्ण ढकाल, रामचन्द्र दाहाल, दीर्घराज पौडेल, लक्ष्मी अर्याल, असलीमाया स्याङतान र सुर्यबहादुर स्याङतानालाई सम्मान गरिएको थियो ।

हेटौंडाको दक्षिण भागमा रहेको बेतखोल्सी सामुदायिक वनले ३५ दशमलव ९७ हेक्टर क्षेत्रफल ओगटेर हरियाली सौन्दर्य प्रदान गरिरहेको छ भने विभिन्न सामाजिक क्षेत्रहरुमा सक्रियाता देखाँउदै आएको छ । कार्यक्रम समुहका अध्यक्ष प्याकुरेलको सभाध्यक्षतामा सम्पन्न भएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।