हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेकपाको विवादमा कांग्रेस कुनै पक्षमा तत्काल नजाने बताए ।

मकवानपुरको हेटौडामा शनिबार रेडियो मकवानपुरको ११ औं वार्षिकोत्सवमा महामन्त्री कोइरालाले नेकपा विवादका कारण नेपाली कांगे्रस अत्यन्त संवेदनशिल अवस्थामा रहेको बताए । उनले सहकार्य गर्ने भएपनि सोच विचार गरेर सहकार्य गर्ने बताए ।

कांग्रेसले अहिले परिस्थितिको धेरै टिकाटिप्पणी नगर्ने स्पस्ट पार्दै उनले संसद् चलेपछि सबै कुराको छिनोफानो हुने बताए ।

उनले विश्वबाट पलायन भइसकेका कम्युनिष्ट नेपालमा नेपाली कांग्रेसकै साहारामा अस्तित्वमा आएको समेत दाबी गरे । ‘हामीले २०४६ सालबाट कम्युनिष्टसँग सहकार्य गरेर अहिलेसम्मको यात्रा तय गरेका हौं,’ उनले भने ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।