हेटौंडा । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अहिलेको समयमा धेरै चुनौती रहेको रराजनीतिक स्थिरता नभएसम्म औद्योगिक तथा अन्य क्षेत्रको विकास हुन नसक्ने बताएका छन् ।

हेटौंडामा शुक्रबार मयुरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्दै उनले हिजो आजको युद्ध फरक रहेको बताए । हामीविच आगो लगाउने केही मान्छे भएपनि विचलित नभएको बताए । हामी भित्रै विरोधी र प्रतिपक्ष जन्मियो र केहि सदस्यहरु खराब नियतका जन्मियो भने अप्ठेरो र समस्या आउछ, उनले भने ।

मन्त्री भट्टले अदालतको फैसलाको सम्मान गर्ने प्रस्ट पारे । अदालतको फैसलाले राजनैतिक संकट पैदा गरेको र त्यसले मुलुकलाई अस्थिरता तर्फ धकेलेको जिकिर गरे । फैसलाले कसैको जित नभै पार्टि पुस ४ को अवस्थामा पुगेको समेत बताए ।

उनले देश विकासको गति तर्फ अगाडी बढिरहेको र अहिलेको स्थितीलाई सामाना गर्दै सरकारको कामलाई अगाडी बढाउने उनले बताए । उनले केपी वली नहट्ने संसदको सामना गर्ने बताए ।

उनले आत्माआलोचना गरे अर्का समुहका नेताहरुलाई पार्टिको ढोका खुल्ला रहेको बताए । उनले भने,भोली बाटो बिर्सिएकाहरु घर फर्किन्छन् भनेर ढोका खुल्लै राखेका छौ ।

कार्यक्रममा बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडालाई औद्योगिक नगरको रुपमा विकास गरिने बताउनुभयो ।

मयुरधाप औद्योगिक क्षेत्रमा हेलिप्याडदेखि सशस्त्र गण, पेट्रोल पम्प, विजुली स्टेशन, हेभी गाडी पार्किङ, वाटर ट्याङ्क, स्टाफ क्वाटर, ल्यावलगायतका विभिन्न संरचनाहरु निर्माण गरिने जनाइएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।