


नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री स्वस्तिमा खड्काले दक्षिण भारतीय फिल्ममा अभिनय गर्ने भएकी छिन् ।
उनले फिल्म ‘थिरिमाली’ मार्फत साउथ फिल्ममा डेब्यु गर्न लागेकी हुन् । यस फिल्मको लागि निर्माण टिमले उनीसँग कागजी सम्झौता गरिसकेको जनाइएको छ ।
आफुले साथ फिल्ममा इन्ट्री गरेको बारे उनले पनि सामाजिक सञ्जालमार्फत जानकारी गराएकी छिन् । उनले महँगो पारिश्रमिक लिएर साउथ फिल्ममा अनुबन्ध भएको बताइएको छ ।
राजिव सेट्ठीले निर्देशन गर्ने यस फिल्मको छायांकन नेपाल र भारतमा हुनेछ । फिल्म निर्माणमा दक्षिण भारतीय कम्पनी एन्जल मारिया सिनेमाज्सँग नेपालको तर्फबाट अनन्या फिल्मस्ले सहकार्य गरेको बतायएको छ ।
फिल्ममा साउथ फिल्मका विविन जर्ज, जोनी एन्टिवनी, धर्मजन वोलगाट्टी, हरेश कनारान, आना रेश्मा लगायतका कलाकारको अभिनय रहनेछ । फिल्म तीन भाषामा नेपाली, हिन्दी र दक्षिण भारतका भाषामा निर्माण हुने बताइएको छ । -क्यानडानेपालबाट साभार
प्रतिक्रिया दिनुहोस्