


नेकपा ओली समूहका नेता एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङले संसद पुनर्स्थापना पछि सरकार झन बलियो भएको दाबी गर्नुभएको छ ।
काठमाडौंमा आज आयोजित पार्टीको प्रशिक्षणमा नेता नेम्बाङले संसद विघटन हुँदा कामचलाउ भएका प्रधानमन्त्री ओली पुनर्स्थापनापछि दह्रो भएको टिप्पणी गरे ।
अविश्वासको प्रस्ताव ल्याउने हल्ला सुनिएको भन्दै नेता नेम्बाङले सरकारले त्यसको सामना गर्ने समेत बताएका हुन् । अविश्वास प्रस्ताव फेल भए सरकार फेरी एक वर्ष चल्न पाउने व्यवस्थाले विपक्षीलाई डर लागेको पनि उनको दाबी छ ।
पार्टी एकीकृत भएपछि निर्वाचन आयोगलाई दिएको कागजमा नै पहिलो अध्यक्ष केपी शर्मा ओली र दोस्रो अध्यक्ष प्रचण्ड भनेर लेखिएको दाबी गर्दै नेता नेम्बाङले नेकपा विभाजन नभएको टिप्पणी समेत गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्