file photo

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शंखधर साख्वा पार्क निर्माण गर्न सरकारले १० लाख रुपैयाँको बजेट विनियोजन गर्ने बताए छ ।

शनिबार हेटौंडामा नेवा गुठी खलले ९० बर्ष माथिका ज्येष्ठ नागरिक र सामाजिक अभियानताहरूलाई सम्मान गर्ने कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले नेवार समुदायको संस्कृति, कला, भाषा, भेषभुषा अन्य जातिको भन्दा विशिष्ट रहेकाले हेटौंडामा शंखधर साख्वा पार्क निर्माण गर्ने बताए।

गुठीको प्रथम साधारणसभाको अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका नेवार समुदायका अभियन्ताहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री पौडेल र प्रदेश सभाका सभामुख सानु कुमार श्रेष्ठले संयुक्त रूपमा ज्येष्ठ नागरिकहरूलाई सम्मान गरेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।