हेटौंडा ।मकवानपुरगढी–हरिहरपुर गढी र सिन्धुली गढी सम्मको साइकल यात्रा हुने भएको छ । यही फागुन २१ गते साइकलयात्रा सुरु भएर फागुन २४ गते सम्पन्न गर्ने कार्यक्रम रहेको छ । उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा गढीदेखि गढीसम्म १ सय ३० किलोमिटर साइकल यात्रा हुने भएको हो ।

मन्त्रालयका सचिव सिन्धु प्रसाद ढुंगानाले पर्यटकीय क्षेत्रको संरक्षण विकास र प्रचार गर्ने उद्देश्यले लिङ्कीङ फोर्टस, लिङ्कीङ हिस्ट्री भन्ने नाराका साथ यही फागुन २१ गतेदेखि २४ गतेसम्म साइकल यात्रा गरिने भएको हो ।

मकवानपुर गढीबाट सुरु हुने कार्यक्रम सिन्धुली गढीमा गएर समापन हुने छ ।

साइकल यात्रामा अन्तराष्ट्रिय साइकल यात्री पुष्कर शाहसहित १७० जना साइकल यात्री र ६० जना आयोजकरसहयोगी गरी कुल २ सय ३० जना सहभागि हुने सचिव ढुंगानाले बताउए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।