शुक्रबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८८ हजार ८ सयमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार छापावाला सुन तोलाको ८९ हजार ३ सयमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार ३५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १३ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।