यो साता नेप्सेमा भारी गिरावट आएको छ । हप्ताको अन्तिम कारोबार दिन नेप्से परिसूचकमा ४४.९४ अंकको गिरावट आएको छ । जसले गर्दा अन्य दिनको तुलनामा कारोबार पनि न्युन भएको छ ।

६ अर्ब ९ करोड बढीको सेयर खरिद बिक्री भएको छ । बजार २५५४.१३ विन्दुमा अडिएको छ । जीवन बिमातर्फ गिरावट देखिए पनि सबै समूह ओरालो लागेका छन् ।

घटेको बजारमा सबैभन्दा बढी कारोबार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भएको छ । बैंकको आज ९० करोड ३५ लाख बराबरको सेयर कारोबार भएको हो ।

आज यसको सेयर मूल्य भने ५ सय ४३ रुपैयाँ रहेको छ । दोस्रो बढी कारोबार हुनेमा नबिल बैंक रहेको छ । आज सबैभन्दा बढी चन्द्रागिरी हिल्सको ९.९१ प्रतिशतले सेयर मूल्यमा बृद्धि भएको छ

किन घटिरहेको छ कारोबार रकम र सूचक दुवै ?

सरकार परिवर्तन हुँदा भोलि कुन अर्थमन्त्री आउँछन् र उनले बजारलाई कसरी हेर्छन भन्ने अन्यौलताका कारण ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा भएकाले कारोबार रकम र सूचक दुवैमा ठूलो गिरावट आएको शेयर विश्षकहरु बताउँछन्।

सेयर बजारले एक किसिमको उचाईं लिसकेपछि नाफा बुक गर्ने गरि करेक्सन पनि आएको थिएन। राजनीतिक माहोलको बहानामा नाफा बुक गर्ने अवसर सदुपयोग गरेको विश्लेषकको भनाई छ।

केहि केहि ठूला लगानीकर्ता बजारबाट बाहिरिएर घरजग्गा जोड्नमा केन्द्रित भएकोले पनि बजारमा कारोबार रकममा गिरावट आएको विश्लेषकको भनाई छ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।