सरकारले कोभिड–१९ विरुद्ध सञ्चालन गरेको पहिलो चरणको खोप अभियानअन्तर्गत हालसम्म ४ लाख २९ हजार जनाले खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागले दिएको जानकारी अनुसार पहिलो चरणको अभियानअन्तर्गत दुई पटक सञ्चालन भएको खोपमा ४ लाख २९ हजार ७०५ जनालाई खोप प्रदान गरिएको छ ।

सरकारले भारत सरकारबाट अनुदानमा प्राप्त गरेको ‘कोभिशिल्ड’ खोप १० लाख मात्रा पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाएको हो । मन्त्रालयले पहिलो प्राथमिकतामा परेका व्यक्तिलाई माघ १४ गतेदेखि २४ गतेसम्म पहिलो चरण र फागुन २ देखि १० गतेसम्म दोस्रो चरणको खोप लगाएको थियो ।

पहिलो चरणमा १ लाख ८९ हजार ३४५ जना र दोस्रो चरणमा २ लाख ४० हजार ३६० जनालाई खोप प्रदान गरिएको हो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।