हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नं १ चौकीटोलमा विहान दुईवटा सुमो एकआपसमा ठोक्किएको छ ।

बिहान हेटौंँडाबाट भैसैतर्फ जाँदै गरेको प्रदेश–३ –०३–००१ ज ००२९ नम्बर र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज २४६० नम्बरका सुमो ठोक्किएर दुर्घटना भएको थियो ।

सुमो ठोक्किदा ११ जना सामान्य घाइते भएको र उपचार पस्चात ९ जना डिस्टार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्र बहादुर रानाले बताए ।

घाइते भएकाहरुलाई हेटौंडाको सन्चो हस्पिटलमा भएका ३ जनामा एक जना सामान्य उपचार पस्चात डिस्टार्ज भइसकेको प्रवक्ता रानाले बताए । त्यस्तै हेटौंडा हस्पिटलमा उपचाररत रहेका ८ जना घाइते सामान्य उपचार पछि डिस्टार्ज भइसकेका छन् ।

घाइते हुनेमा मकवानपुरका मनहरी १ का ३८ वर्षिय सानुमाया थोकर, ३६ वर्षका नवराज पौडेल, हेटौंडा १२ का २६ वर्षका सुदिप रुम्बा, ५५ वर्षका दुर्गा नेपाली, शान्तिमाया विक, ५६ वर्षिया कान्छीमाया तामाङ, बागमती गाउँपालिका ६ का २९ वर्षिय खड्गबहादुर विक, हेटौंडा १३ का ५१ वर्षिय भीमबहादुर स्याङतान, रामेछाप जिल्लाको मन्थली नगरपालिकाका ३० वर्षिय रामकृष्ण कार्की, ओखलढुङ्गा विसङ्खु गाउँपालिका वडा नम्बर ३ का ३८ वर्षिय पदमबहादुर राई, मनहरी १ का ६३ वर्षिय छयङ्गु लामा रहेका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।