इटालियन सिरी ए अन्तर्गत युभेन्टस विजयी भएको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले क्रोटोनलाई ३-० गोल अन्तरले पराजित गरेको हो । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले २ गोल गरेका छन् भने वेस्टन म्याककेनले एक गोल गरेका थिए ।

रोनाल्डोले खेलको ३८औ मिनेट र ४५औ मिनेटमा एक एक गोल गरेका थिए भने वेस्टनले खेलको ६६औ मिनेटमा एक गोल गरेका थिए ।

योजितपछि युभेन्टस सिरी ए मा २२ खेलमा ४५ अंक बटुल्दै तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसभन्दा अगाडी एसी मिलानको २३ खेलमा ४९ अंक छ भने शिर्ष स्थानमा रहेको इन्टर मिलानको २३ खेलमा ५३ अंक रहेको छ । त्यस्तै क्रोटोनको भने २३ खेलमा १२ अंक रहेको छ र लिगमा पुछारमा रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।