
हेटौंडा । बागमती प्रदेशमा दुइचरणमा गरेर एक लाख ४० हजार १ सय ४० जनाले कोरोना भाइरस ९कोभिड–१९० बिरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा यस प्रदेशमा ६७ हजार ३ सय ५६ जना र दोस्रो चरणमा अहिले सम्मको अवधिमा ७२ हजार ७ सय ८३ जनालाई खोप लगाइएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका कोभिड–१९ का प्रवक्ता पुरुषोत्तमराज सेढाईले जानकारी दिनुभयो ।
दोस्रो चरणमा सरकारले सुरक्षाकर्मी, स्थानीइ तहका जनप्रतिनिधि, पत्रकार लगायतकालाई खोप लगाइरहेको छ । मकवानपुर जिल्लामा कोरोना भाइरस बिरुद्धको खोप लगाउनेहरु २ हजार ७ सय ७२ जना रहेका छन् ।
बागमती प्रदेशमा दोस्रो चरणमा एक लाख ५ हजार ८ सय १७ जनामा खोप लगाउने लक्ष अनुसार आज सम्म ७६ प्रतिशतले खोप लगाएका छन् । यस प्रदेशमा ३७ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मी, सफाइकर्मीलाई खोप लगाइरहेको छ । यस प्रदेशको काठमाण्डौ उपत्यकामा सबै भन्दा धेरै जनामा कोरोना बिरुद्धको खोप लगाइएको सेढाईले जानकारी दिनुभयो । हिजो एकै दिनमा ६ हजार १ सय ८१ जनामा कोरोना बिरुद्धको खोप लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्