प्रदेश नं. २ का नवनियुक्त प्रदेश प्रमुख डा। राजेश अहिराजले सडक दुर्घटनामा परेका ४ जनालाई उद्धार गरी आफैले अस्पताल पु¥याएका छन् ।

प्रदेश प्रमुख डा. अहिराज जनकपुरधामबाट बाराको जितपुर जाने क्रममा निजगढ जंगलमा सडक दुर्घटनामा परी ४ जना घाइते छट्पटाईरहेका थिए । ती चारै जनालाई प्रदेश प्रमुखले आफ्नो गाडीमा राखेर रौतहट जिल्लाको चपुरस्थित अस्पतालमा पुर्याएका थिए।

डा. अहिराजले आफ्ना एक जना सुरक्षाकर्मीसहित ती चारै जना घाइतेलाई अस्पतालतर्फ पुर्याएका थिए। । प्रदेश प्रमुख डा. अहिराजले नागरिकको जीवन रक्षाभन्दा ठूलो कुनै पनि कार्यक्रम नहुने प्रतिक्रिया दिएका छन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।