
दक्षिण अफ्रिकाको नेपाली राजदूतमा डा. निर्मलकुमार विश्वकर्मालाई नियुक्त गरिएको छ ।
मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा विश्वकर्मालाई दक्षिण अफ्रिकाको नेपाली राजदूतमा नियुक्त गरेकी हुन् ।
उनले संविधानको धारा २८२ बमोजिम डा विश्वकर्मालाई राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्